काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले वडा अध्यक्षहरुलाई दिएको संयोजकको जिम्मेवारी नलिने भन्दै पत्र पठाएका छन ।
यस अघि विहिवार प्रमुख बालेनले वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीलाई विभिन्न विषयगत समितिको जिम्मेवार तोकेको थियो ।
बालेनले बिहीबार सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समितिका संयोजकको जिम्मेवारी हेरफेर गरेका थिए ।
वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई सूचना प्रविधि समितिको संयोजकबाट हटाएर वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिलाई दिइएको थियो ।
वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारीलाई सुशासन समितिको जिम्मेवारीबाट हटाएर वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीलाई राखिएको थियो ।
यसैगरी वडा नम्बर ८ का अध्यक्ष आशामान संगत सम्पदा तथा पर्यटन समितिका संयोजकलाई हटाएर समितिको संयोजक वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी बनाइएको थियो ।
वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन विधायन समितिका संयोजक थिए । उक्त समितिको नयाँ संयोजक वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठलाई तोकिएको थियो ।
काठमाडौं महानगरपालिका नगर कार्यपालिका कार्यसम्पादन नियामावली २०७४ थियो र सोही अनुसार संयोजक नियुक्त भएको थियो । अहिले भने विषयगत समिति कार्यविधि २०८० ले अधिकार कार्यपालिकालाई दिएको उनले बताए ।
Categorized in पालिका