काठमाडौं । हुकिङ गरी विद्युत चोरी गर्ने २४ जनालाई विद्युत प्राधिकरण वितरण केन्द्र लाहानले पक्राउ गरेको छ ।
प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएका टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।
टोलीले निरीक्षणको क्रममा हुकिङ गरी विद्युत चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले बताए ।
पक्राउ गरिएका सबैमाथि विद्युत चुहावट ऐनअन्तर्गत कारवाही गरी रु दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवले जानकारी दिए ।
Categorized in समाज