२३ आषाढ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

हिमाल आरोहण पर्मिटबाट ४ करोड राजस्व असुली


प्रकाशित: मंगलवार, १२ चैत्र २०७५, १५ः३० बजे
- महानगरखवर

काठमाडौँ । हिमाल आरोहण पर्मिटबाट पर्यटन विभागले ४ दिनमै ४ करोड राजस्व संकलन गरेको छ । 


हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै यति राजस्व संकलन भएको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले बताए । 


निरौलाका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको हो ।  


सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको थियो । पछिल्लो मार्च २३ देखि २५ सम्म तीन दिनमै रु तीन करोड ८७ लाख राजश्व उठेको छ । 


वसन्त ऋतुको यो याममा हिमाल आरोहणका लागि १५ भन्दा बढी आरोही दलले पर्मिटका लागि निवेदन दिएकामा विभागले सोमबारसम्म नौ समूहलाई आरोहण अनुमति दिएको छ । यीमध्ये तीन सगरमासहित ल्होत्से, अन्नपूर्ण, कुम्भकर्ण, पुमरी, थापा पिक र छोपबमरी रहेका छन । वैशाख महीनासम्म आरोहण अनुमति लिने भएकाले आरोहीको सङ्ख्या बढ्ने विभागको अनुमान छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex