काठमाडौं । गायिका ज्ञानु राणाको सम्मानमा मिस नेपाल सौन्दर्य प्रतियोगिताका आयोजक संस्था हिडेन ट्रेजरले एक सांगातिक कार्यक्रम गर्ने भएको छ ।
माघ २२ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा अर्केस्टा सहित आयोजना हुने आयोजक संस्थाले जनाएको छ ।
रुसलानको प्रायोजनमा हुने सो कार्यक्रममा संगीतकार राजु सिंहको परिचालनमा अविरल यात्राको तेस्रो संस्करणमा ज्ञानु राणाका स्वरमा सार्वजनिक भएका अन्दाजी २ सय गीतहरु मध्ये लोकप्रियता पाएका १४ गीतलाई समारोहमा प्रस्तुत गरिने छ ।
त्यसैगरी गायिका राणाकै स्वरमा गुन्जिने छन् भने केहि गीतमा गायकहरु महेन्द्रप्रेम श्रेष्ठ , सुरजकुमार थापा र विकासजंग राणाको साथमा गायिकाहरु प्राश्ना शाक्य सरिता शाही र मिना निरौलाको प्रस्तुति रहने छ ।
स्वर , संगीत र गायनमार्फत नेपाली संगीतमा अटुट योगदान पुर्याएर इतिहास बनाएका स्रष्टाहरुलाई जीवनकालमै सम्मान गर्ने संस्कृतिको विकासका लागि अनि पुराना सर्जकलाई नया‘ पुस्तासंग जोड्ने उद्देश्यवाट अविरल यात्रा आयोजना गरिएको कुरा दि हिडेन ट्रेजरका प्रमुख गोपाल सुन्दरलाल कक्षपतिले बताएका छन् ।
यस अघिको संस्करणमा गीतकार यादब खरेल र संगीतकार दिपक जंगम सम्मानित भैसकेका छन् ।
यस्तैगरी अबिरल यात्रा सांगितिक कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणाको जीवनका विविध पक्ष समेटेर लेखिएको अशोक सिलवालको ‘कण्ठमा कृष्ण’ पुस्तक पनि सार्वजनिक गरीने कुरा आयोजक संस्थाका अध्यक्ष कक्षपतिले जानकारी दिए ।
सो सांगितक कार्यक्रममा गायिक राणालाई एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।
विगत दुई दशकभन्दा लामो समय अगाडीदेखि मिस नेपाल नामक सौन्दर्य प्रतियोगिता गर्दै आईरहेको दि हिडन ट्रेजरले विगत तीन वर्षदेखि अविरल यात्रा शिर्षकमा भव्य सांगितिक कार्यक्रम पनि आयोजना गर्न थालेको छ ।
Categorized in मनोरन्जन