१ भाद्र २०८३, सोमबार
Header

हिजो काठमाडौंमा बर्षा, आज बागमति प्रदेशमा मध्यम बर्षाको संभावना


प्रकाशित: सोमवार, २९ जेठ २०८०, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । आज (सोमवार ) बागमति, गण्डकी, कोशी प्रदेशका केही स्थानहरुमा बर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागको अनुमान छ ।

 
विभाकका अनुसार सोमबार र मंगलबार यी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा उल्लेख छ ।


विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन ।


हिजो काठमाडौंमा १५ दिनपछि राती बर्षा भएपछि उपत्यकावासीहरुले केही राहत महसुुस गरेका छन । 


वरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार अब क्रमशः बदलीको दिन बढ्ने छ र वर्षा पनि हुने छ । त्यसकारण तापक्रम पनि घट्ने हुँदा गर्मीबाट राहत मिल्ने छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex