८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

हिउँदे अधिवेशनबाट ९ वटा कानुन पारित


प्रकाशित: बुधवार, २० चैत्र २०८१, १२ः१० बजे
- महानगरखवर

काठामडौं । संघीय संसदले हिउँदे अधिवेशनबाट ९ वटा कानुन पारित गरेको छ । 


राष्ट्रिय सभाबाट उत्पत्ति भएका सुरक्षित कारोबार विधेयक, विद्युतीय व्यापार (इ–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐनको संशोधन विधेयक पारित भएर कानुन बनेका हुन । 


त्यस्तै, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो। 


५ वटा अध्यादेशका प्रतिस्थापन विधेयक हुन् भने ४ वटा पुराना विधेयक पारित भएको हो । 


संविधान अनुसार सरकारले ल्याएको अध्यादेश संघीय ससदबाट स्वीकृत भएर दुई महिनाभित्र विधेयकमार्फत् प्रतिस्थापन भइसक्नुपर्छ ।

 

3 April 2025, Wednesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex