काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलवार राति १२ बजेदेखि लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य गरेको घोषणा गरेको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आजको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले संसदको चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने जानकारी सभा समक्ष गराएका थिए ।
सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावलीको नियम २१३ मा अनुपस्थितिको सूचना दिनुपर्ने व्यवस्था अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित रहेको बैठकबारे जानकारी दिएका छन ।
हिउँदे अधिवेशनमा प्रतिनिधि सभाका २७ वटा बैठकमा मध्ये ११ वटा बैठकमा कांग्रेसका सभापति देउवा अनुपस्थित रहेको उनले बताए ।
अधिवेशन अवधिभर १० भन्दा बढी बैठकमा अनुपस्थित सांसदको अनुपस्थितिबारे सभामुख घिमिरेलेसभामा जानकारी गराएको हो ।
सभामुख घिमिरेका अनुसार देउवाले पार्टीका काममा व्यस्त रहेकाले संसद बैठकमा उपस्थित हुन नसकेको कारण देखाएका छन् । जसलाई सभाले स्वीकृत गरेको छ ।
राप्रपा सांसद दिपक बोहोराको निधनमा शोक प्रस्ताव पारित
आजको बैठक सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
फाइल तस्वीर
Categorized in राष्ट्रिय