३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

हावाहुरी प्रभावितलाई महानगरको ४० लाख प्रधानमन्त्री दैवी प्रकोप कोषमार्फत सहयोग


प्रकाशित: बुधवार, २७ चैत्र २०७५, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले बारा पर्सा हावाहुरी प्रभावितलाई ४० लाख ३१ हजार ४१३ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमार्फत रकम प्रदान गरेको छ । 


बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबारमा पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो । 


महानगरकोतर्फबाट २५ लाख रुपैयाँ र बाँकी रकम जनप्रतिनिधि तथा कर्मचारीकोतर्फबाट १ दिनको पारिश्रमिकबाट संकलन गरिएको हो । 


रकम हस्तान्तरण अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला पनि उपस्थित थिए । 


यस अघि चैत २१ गते महानगरको कार्यपालिकाको ३१ औं बैठकले हावाहुरीबाट प्रभावितलाई सहयोग रकम प्रदान गर्ने निर्णय गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex