१५ बैशाख २०८१, शनिबार
Header

हामी प्रतिव्यक्ति कति ऋणमा छौ ?


प्रकाशित: विहिवार, १२ माघ २०७९, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । अर्थ मन्त्रालयले गत मंसिर मसान्तसम्मको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ ।


प्रतिवेदन अनुसार मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण आन्तरिक र वाह्य गरी उक्त रकम बराबर  पुगेको हो । 


यो असार मसान्त अर्थात् अघिल्लो आर्थिक वर्ष २०७८/७९ को (गत असारसम्मको) तुलनामा भने ७ अर्ब रुपैयाँ कम हो ।


असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । 


मंसिरसम्मको तथ्यांक अनुसार नेपालको  सार्वजनिक ऋण प्रतिव्यक्तिमा भाग लगाउने हो भने  ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ । यो कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसारको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० ले भाग गर्दा आएको नतिजा हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD