१४ बैशाख २०८१, शुक्रबार
Header

हात्ती महोत्वमा सुन्दरी हात्तीको छनौट गरिँदै 


प्रकाशित: आईतबार, १६ मंसिर २०७५, १०ः०५ बजे
- महानगरखबर

काठमाडौं । अंग्रेजी नयाँ बर्षको अवसरमा चितवनमा हात्ती महोत्सव हुने भएको छ । चितवनको रौराहा बाघमारा चौरमा आगामी पुष ११ देखि १५ गते सम्म १५ औं चितवन हात्ती महोत्सव हुने भएको छ । 


सो महोत्सवमा सुन्दरी हात्तीको छनौट गरिने क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन । साथै हात्तीको पिकनिक पनि हुनेछ । 


सङ्घका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ । 


महोत्सवका क्रममा सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिनेछ । घिमिरेका अनुसार पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार गरी हात्तीलाई दबाब नभएर मनोरञ्जन दिँदै कार्यक्रममा सहभागी गराउन लागिएको छ । 


स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ । प्रवद्र्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD