६ कार्तिक २०८३, बिहिबार
Binod Yojesh Ram

हातिसारको पुरातात्विक ढुंगेधारा संरक्षण गर्न देय् दबूको माग


प्रकाशित: शुक्रवार, ३० फागुन २०७६, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवाः देय् दबूले काठमाडौंको हातिसारस्थित रहेको पुरातात्विक ढुंगेधारा संरक्षण गर्न माग गरेको छ । 


दबूका अध्यक्ष नरेश ताम्रकारसहित एक टोलीले पुरातत्व विभाग सिंहदरवारमा एक ज्ञापन पत्र बुझाउँदै विभागको ध्यानकर्षण गराएको छ ।


काठमाडौं महानगरपालिका वडा नम्बर १ को किता नं. २६६३ मा उत्खन्न गर्दा भेटिएको ढुंगेधारा र अन्य पुरातात्विक अवेशषको संरक्षण नदेखिएकोमा दबुले चिन्ता व्यक्त गर्दै विभागले अविलम्ब सकारात्मक कदम चाल्न आग्रह समेत गरेको छ । 


उक्त कित्तामा घरधनीले धमाधम निर्माण कार्य गरिरहेकोले निर्माण रोकी थप अनुसन्धान गरी ढुंगोधारको अस्तित्वलाई संरक्षण गर्न ध्याकर्षण पत्रमा उल्लेख गरेको छ । 


पत्रमा भनिएको छ,‘ सम्पदा संरक्षणमा सम्पूर्ण नेवार समुदायको साथ समर्थन रहेन बचनवद्धता सहित पुरातत्विक ढुंगेधारा संरक्षणमा विभाग आफूलाई प्राप्त दायित्वप्रति प्रतिवद्ध र क्रियाशिल हुन अनुरोध गर्न चाहन्छौ ।’

 



 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika