काठमाडौं । काठमाडौंका हाँडीगाउँस्थित कोटाटोलमा कोटी गुठी भवनको उद्धघाटन गरिएको छ ।
शुक्रवार सो गुठी भवनको एमालेका वरिष्ठ उपाध्यक्ष एवं संघीय संसद सदस्य ईश्वर पोखरेल र महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

काठमाढौं महानगरको वडा नं. ५ कोटाटोलमा पुननिर्माण भएको गुठी घरमा डंगोल र महर्जन परिवारका १६ गुठीयार छन । कोटा गुठीमा यमरी पुन्हीको अघिल्लो दिन विशेष पूजा गरिन्छ ।
हाँडी गाउँमा बसोबास गर्ने नेवार समुदायको व्यक्तिको मृत्यु हुँदा अन्तिम संस्कार गर्ने ८ वटा च्या गुठी छन । तीमध्ये कोटा गुठी एक हो । हाँडीगाउँका यी गुठीहरुलाई लिच्छवीकालीन मानिन्छ ।
सो कार्यक्रमलाई एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्पदा, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महानगर र स्थानीयवासीले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।
त्यसैगरी सो महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका पुननिर्माण गरिएका कुनै पनि सम्पदाको मौलिकता नविगारिएको बताए । उनले भने ‘सम्पदाको मौलिकता विगार्नु हुँदैन । आवश्यकता आधारमा सुधार गर्न सकिन्छ । हामीले कार्यकालको सुरुदेखि भन्दै आएका हौँ । यसै अनुसार काम पनि गर्दै आएका छौँ ।’
कार्यक्रममा वडाध्यक्ष रमेश डंगोलले यस गुठी भवनको लागि वडाबाट ५१ लाख रुपैयाँ छुट््याएका जानकारी दिए । यो गुठी हाँडीगाउँ द्य छेँभित्र छ ।
कोटा गुठी ४६ लाख रुपैयाँ लागतमा पुननिर्माण भएको हो । यो २ तले छ ।
उपभोक्ता समितिका अध्यक्ष शुभनारायण डंगालले, महानगरको सहयोगबाट गुठीलाई ठूलो उपलब्धी हासिल भएको बताए ।
तस्वीर सौजन्यः अरविनमान सिंह
Categorized in सम्पदा/संस्कृति