१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

हस्तकला मेलामा ९ करोडको व्यापार


प्रकाशित: आईतबार, २ मंसिर २०७५, २०ः३० बजे
- महानगरखबर

काठमाडौँ । राजधानीमा आईतबार सम्पन्न भएको १६ औं अन्तराष्ट्रिय हस्तकला व्यपार मेलामा ९ करोडको व्यापार भएको नेपाल हस्तकला महासंघले जनाएको छ ।


कात्तिक २८ गतेदेखि शुरु भएको मेलामा करिब एक लाख ३५ हजार दर्शकले अवलोकन गरेको महासंघका सदस्य पचण्ड शाक्यले बताएको छ । 


उक्त मेलाको  मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका स्वदेशी तथा विदेशी व्यवसायीका सामग्री प्रवद्र्धन तथा बिक्री गर्न १७० कक्ष राखिएका थिए । 


यस्तै १४औँ हस्तकला प्रतियोगिताअन्तर्गत ‘ढाका बुनाई’ विधातर्फ चुना बाँस्तोला प्रथम, देउमाया लिम्बू दोस्रो र ज्ञानीमाया तामाङ तेस्रो हुनुभएको छ । सो प्रतियोगितामा विभिन्न जिल्लाका १३ जनाले प्रतिस्पर्धा गरेका थिए । ‘मैनको मूर्ति’ विधातर्फ मनोज शाक्य प्रथम, उदीप शाक्य दोस्रो र निशेष शाक्य तेस्रो हुनुभयो । 


दुवै प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका कलाकार र कालिगढलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार नगद, प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex