१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

हस्तकला महासङ्घको नेतृत्वमा शाक्य


प्रकाशित: आईतबार, २९ पुष २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल हस्तकला महासङ्घको अध्यक्षमा सुरेन्द्रभाइ शाक्य निर्वाचित हुनुभएको छ । 


महासङ्घको शनिवार सम्पन्न ३८औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट शाक्यको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति चयन गरिएको हो । महासङ्घको वरिष्ठ उपाध्यक्षमा प्रचण्ड शाक्य निर्वाचित भएका छन भने ५ जना विषयगत उपाध्यक्षमा चयन भएका छन ।उपाध्यक्ष (वस्तुगत) दीपेन्द्र शाक्य, उपाध्यक्ष (उद्योग) सनम शाक्य, उपाध्यक्ष (वाणिज्य) रवीन्द्र शाक्य, उपाध्यक्ष (व्यक्तिगत) राजमान बज्राचार्य तथा उपाध्यक्ष (एशोसिएट) मा सुनिल शाक्य निर्वाचित भएको छ । 


यस्तै सदस्यमा हिरा भट्टराई, चूँडादेवसिंह लामा, मोहनकृष्ण मानन्धर, सुनिता श्रेष्ठ, सविता महर्जन, विक्रमसिंह महर्जन, राजेन्द्र शाक्य, प्रताप शाक्य, मनमोहनसिंह मल्ल, जीवनरत्न शाक्य, उपेन्द्र बाराही, सुविन शाक्य, प्रदीप शाक्य, सुदन शाक्य र किरणबहादुर खड्गी निर्वाचित भएको छ । 


महासङ्घको विधान २०६३ अनुसार सम्पन्न निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको हो । 


कूल २५ सदस्यीय कार्यसमिति रहने महासङ्घमा बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex