काठमाडौं । नेपाल हस्तकला महासंघको केन्द्रिय सदस्यमा किरण बहादुर खड्गी निर्वोरोध निर्वाचित भएका छन् ।
महासंघको केन्द्रिय सदस्यम खड्गीको यो तेस्रो पटक हो । पहिलो पटक स्वच्छ व्यवसायी समूहको प्रतिनिधि भएर महासंघको केन्द्रिय सदस्यमा गएको थियो भने दोश्रो र तेसो पटक कुम्भेश्वर ट्रेनिङ इन्सिच्युट सेन्टरबाट भएको हो ।
महासंघको एसोसियट केन्द्रियमा निर्वाचित भएपछि खड्गीले नेपाली बस्तुको गुणस्तरमा उत्कृष्टता प्रदान गरी अन्तर्राष्ट्रिय क्षेत्रमा माग बढाउनको लगि काम गर्ने बताए ।
लतिपुरको कुम्भेश्वर बंगलामुखि निवासी खड्गी हस्तकला क्षेत्रमा २० बर्षदेखि निरन्तर लागिरहेका छन ।
महासंघका केन्द्रिय सदस्य खड्गीले नेपाल सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिने खालको योजनाहरु ल्याउने र नेपाली बस्तुको प्रवद्र्धनमा लाग्नु पर्नेमा जोड दिए ।
Categorized in बजार