१३ बैशाख २०८१, बिहिबार
Header

हवाई उडानबाट नेपाल आउने यात्रुलाई कोभिड खोपको प्रमाणपत्र नचाहिने


प्रकाशित: मंगलवार, १६ जेठ २०८०, १३ः३० बजे
- महानगरखबर

काठमाडौं । अन्तराष्ट्रिय उडानबाट नेपाल आउने यात्रुको लागि अब कोभिड खोप प्रमाणपत्र अनिवार्य नहुने भएको छ ।


अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रले साथमा बोक्नु पर्ने खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य बोक्नु पर्ने छैन ।  


संस्कृति पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयले नागरिक उड्यान प्राधिकरणलाई आईतवार एक पत्रचार गरी पीसीआर नेगेटिभ तथा कोभिड खोप लगाएको प्रमाणपत्र चाहिने प्रावधान हटाएको जनाएको छ । 


मन्त्रालयका अनुसार ३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रका लागि ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ रिर्पोट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय लिएको हो ।


तर नेपालबाट विदेश जाने यात्रुुको हकमा भने सो गन्तव्य मुलुकले तोके अनुसारका कागजात बोक्नु पर्छ । 


विश्व स्वास्थ्य संकठनले ५ मे २०२३ मा एक सिफारिस जारी गरी कोभिड(१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD