२ माघ २०८२, शुक्रबार
Nepal Bank AD 2082 mansir

हल्चोक आकाश भैरवको १२ बर्षे जात्रा बैशाख महिनाभरी 


प्रकाशित: विहिवार, २८ चैत्र २०८१, १३ः२५ बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको ऐतिहासिक हल्चोक आकाश भैरवको १२ बर्षे जात्रा आगामी बैशाख २०८१ महिनाभरी हुने भएको छ ।


बुधवार श्री हल्चोक आकाश भैरव समाजले एक पत्रकार सम्मेलन गरी जात्राबारे जानकारी दिएको हो ।


श्री हल्चोक आकाश भैरवको १२ बर्षे जात्राका प्रचार प्रसार संयोजक नृपेन्द्रलाल श्रेष्ठले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती पढेर जात्राबारे विस्तृत बताएका थिए । 


संयोजक श्रेष्ठका अनुसार जात्रा बैशाखदेखि एक महिनासम्म हुनेछ । जात्राको पहिलो दिन बैशाख १ गते हल्चोकमा पञ्चबली पूजा गरी सुरुवात हुने उनले बताए । 


बैशाख २ गते हल्चोकबाट देवीदेवताहरुलाई ताम्सिपाखा ल्याई सो स्थानबाट जात्रा सुरु हुनेछ । 


बैशाख ३ गते केलटोलमा, मछिन्द्र क्लव, प्रदीप्त पुस्ताकलय र केलटोल श्री नाटयेश्वर डवली व्यवस्थापन समितिको संयुक्त अयोजनामा हुने । 


बैशाख ६ गते मरु दबलीमा मरुत्वाः पुचको आयोजनामा, ११ गते असन डवलीमा असन सेवा समितिको आयोजनामा, १२ गते दमाई टोलमा काठमाडौं– १९ वडाको आयोजनामा, १३ गते वतु, चिकंअतमा राजु डंगोलको संयोजक्त्वमा, १८ गते न्यतपाःच्वमा काठमाडौ– १८ वडा अध्यक्षको आयोजनामा, १९ गते पहिको त्वाः, खुसिबुँमा पहिको याुवा क्लवको अयोजनामा , २० गते ब्रम्हटोलमा, २१ गते खुसिबुँमा, २५ गते बहति (सोहंखुटेमा) कुमारी क्लवको आयोजनामा, २७ गते न्ह्योखामा रबिकृष्ण श्रेष्ठको संयोजक्तमा र ३१ गते ताम्सिपाखा, डल्लुचोक र डल्लु चौतारामा नाच प्रर्दर्शन गरिने छ । 


भैरवको देवगाणको रुपमा १० जना देवदेवीहरुको नाच प्रर्दशन गरिने छ । जसमा श्री चण्डी, श्री कुमारी, श्री हल्चोक आकाश भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाशदेवी, श्री बराही, श्री महाकाली र श्री दक्षिणकाली देवी हुनेछ । 


समाजका अध्यक्ष शेहबहादुर पुतवारले जात्रा दर्शनको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गरेका समेत जानकारी दिए ।

 
श्री हल्चोक आकाश भैरवलाई काठमाडौंका स्थानीय नेवाः समुदायले ‘सवःद्यः’ तथा ‘सवःभकु’ भन्दै आएको छ । 


यो जात्रा आजभन्दा १०३८ बर्ष पहिलो नेपाल संवत १०७ मा काठमाडौंका संस्थापक राजा गुणकामदेवले संचालन गरेको अख्यान रहेको छ । 


कार्यक्रमा समाजका सचिव सुरेन्द्र भक्त श्रेष्ठले सञ्चालन गरेका थिए । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex