२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

हलि नेवाः दबू काठमाडौंले नेवाः पहिचानबारे गोष्ठी र नेवाः पुर्खा पुस्तक विमोचन गर्दै


प्रकाशित: विहिवार, १६ असार २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । नेवाःहरु विश्व व्यापी संगठन हलि नेवाः दबू काठमाडौले नेवाः पहिचानबारे राष्ट्रिय गोष्ठीको आयोजना गर्ने भएको छ । 


विहिवार पत्रकार सम्मेलन गरेर भोली (शुक्रवार) ‘नेवाः पहिचानः थी थी आयाम’ विषयमा गोष्ठीको आयोजना गर्ने र शनिवार गोष्ठी समापनसँगै ‘नेवाः पूुर्खा ’ नामको पुस्तक विमोचन गरिने जानकारी दिए ।


काठमाडौंको विनायक मल्टी भेनु, खुसिबँु मा आयोजना हुने पहिलो सत्रकोक कार्यक्रम संघीय मामिला तथा सामन्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेवाः पहिचानसँगै नेवाः आन्दोलन, शिक्षा, सञ्चार, संस्कृति लगायत विभिन्न विषयमा चर्चा हुने दबूका काठमाडौं अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए । 


गोष्ठीको दोस्रो दिन शनिवार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा पुस्तक विमोचन तथा नेवाः संस्कृति, सम्पदा लगायतका विषयमा विभिन्न विज्ञहरुले कार्यपत्र  समेत प्रस्ततु गर्ने कार्यक्रम रहेको छ ।


पत्रकार सम्मेलनमा नेवाः लोक कवि राजभाई जकमी, दबूुका महासचिव सुरेश सिलाकार लगयातले सो कार्यक्रमबारे चर्चा गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex