१४ बैशाख २०८१, शुक्रबार
Header

हरेक नेपालीको ऋणभार १९ प्रतिशत बढ्यो, २९ हजार प्रतिव्यक्तिमाथि ऋण


प्रकाशित: आईतबार, १३ जेठ २०७५, १९ः०५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ ।  नेपाल सरकारले निकालेको तथ्यांक अनुसार हरेक नेपालीको ऋण भार १९ प्रतिशतले बढेर प्रतिव्यक्ति ऋण करिब २९ हजार पुगेको छ । 


सरकारले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा तिर्न बाँकी ऋणलाई आधार मानेर यो तथ्यांक निकालिएको हो । अघिल्लो वर्ष नेपालीको प्रतिव्यक्ति ऋण २४ हजार २ सय ७० थियो ।


चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब १९ अर्ब ८० करोड बराबरको आन्तरिक ऋण परिचालन भएको थियो जसमा आन्तरिक ऋणको भुक्तानी १५ अर्ब २५ करोड मात्रै भएको छ ।


आन्तरिक ऋण परिचालनमा बृद्धि भएकोले पनि ऋणभार बढेको अर्थमन्त्री युवराज खतिवडाले वताएका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD