काठमाडौं । ललितपुर महानगरपालिकाकाले हरियाली सहर बनाउने महानगरको अभियानमा अव्यस्थित तारको मुठाहरु चुनौती भएको बताएका छन ।
महानगरले शुक्रवार एक सुचना जारी टेलिफोन र ईन्टरनेटको अव्यस्थित तारहरुले गर्दा सुन्दर, सफा र हरियाली सहरको अभियानमा चुनौति देखिएकोेले ७ दिनभित्र तारुहरु हटाउन सरोकारबाला निकायहरुलाई आग्रह गरेको छ ।
‘महानगरको कार्यलय अगाडी, ऐतिहासिक सम्पदा वरपर तथा पर्यटक मार्गहरुमा राखिएका त्यस किसिमको तार र मुठाहरु यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र सम्बन्धीत निकायहरुले आफै हटाउन अनुरोध गरिन्छ । यदि ७ दिनभित्र सम्बन्धीत निकायहरुले नहटाए ललितपुर महानगरपाकिा कार्यलयद्धारा कारवाही जाने व्यहोरा गराईन्छ ।’ जारी सुचनामा उल्लेख छ ।
सो अभियानमा सम्बिन्धीत सबै पक्षले सहयोग गरिदिन हुन समेत महानगरले आग्रह गरेको छ ।
Categorized in स्थानिय