१५ बैशाख २०८१, शनिबार
Header

हरिभवनलाई बागदरबार प्रमाणित गरेर देखाउन प्रमुख शाक्यको चुनौती


प्रकाशित: बुधवार, १५ पुष २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले हरिभवनलाई बागदरबार प्रमाणित गरेर देखाउन चुनौती दिएका छन । 


बुधवार काठमाडौं महानगरपालिका वडा नं. ३१ भवनको शिलान्यास गर्ने क्रममा प्रमुख शाक्यले सो कुरा बताउँदै केन्द्रीय भवन निर्माण गर्न नपाउँदा दुखेसो व्यक्त गरेको छ । 


शाक्यले भने, ‘हामीले केन्द्रीय भवन बनाउने भनेको हरिभवन हो । अहिले त्यो भवनलाई बागदरवार भनेर मुद्दा हाल्ने काम भएको छ । बागदरवार एकजनाले बेच्यो, अर्कोले किनेर प्लटिङ ग¥यो । बागदरबार बेच्ने सुशिल समशेर जवरा र किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी दुवै जना जीवितै हुनुहुन्छ । तर, मुद्दाचाहिँ बागदरबार भत्काउने मेयरलाई कारबाही गर्नुपर्छ भनेर हालिएको छ । बेच्ने पनि यहीँ छ, किन्ने पनि यहीँँ छ, तपाईँहरु आफैँ कल्पना गर्नुहोस् । यो विषयमा मेयरको के दोष भएर कारवाही गर्नुप¥यो ?’


हरिभवन बागदरवार हो भन्दै मुद्दा परेपछि भवन निर्माण अन्यौलमा रहेको छ । विनाशकारी भूकम्पको कारण भवन प्रयोग गर्ने अवस्था नभएपछि अहिले महानगर जेडी कम्पलेक्सबाट सेवा प्रवाह गरिरहेको छ । 


विभिन्न अवरोधका बिच पनि हामीले वर्षौदेखि अन्योलमा रहेका दरबार हाइस्कुल निर्माण सम्पन्न भईसक्दा रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको प्रमुख शाक्यले बताउँदै काष्ठमण्डप, धरहरा निर्माणको चरणमा पुगेका सुनाए । 


सो अवसरमा प्रमुख शाक्यले आफू निर्वाचत भएर आएपछि महानगरमा थुप्रै कामहरु गरेको दावी गर्नुका साथै केही प्रतिद्धता व्यक्त गरेका काम अघि बढाउन नसकेको स्वीकार गरे । 


उनले भने ‘त्यो मध्ये एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भइ नसकेकाले त्यो काम गर्न सकेनौँ ।’ 


चुनाव अघिको काठमाडौंको बाटो र अहिलेको बाटोमा धेरै फरक भइसकेको भन्दै अधिकांश ठाउँमा, ढलान गर्ने, ढुंगा छाप्ने काम सम्पन्न भएको उनको भनाइ छ ।


यसैविच प्रमुख शाक्यले आगामी बैशाखमा हुने निर्वाचको बारेमा प्रतिक्रिया दिँदै बैशाखमा निर्वाच हुने विश्वास व्यक्त गरे । सरकारले बैशाखमा निर्वाचन मिति घोषणा गरिसकेको भन्दै सबै राजनीतिक दल अहिले बैशाखमा हुने निर्वाचनको तयारीमा जुटेको भनाई राखे । 

 

 

प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नारायण भण्डारीले संयुक्त रुपमा वडा ३१ कार्यालयको शिलान्यास गरेका छन ।  तीनकुने स्थित १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गामा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।


निर्माण व्यवसायी प्राकृतिक — पवन जेभीले भ्याटसहित ४ करोड ६७ लाख ४८ हजार ४५ रुपैयाँमा निर्माण गर्ने कवोल गरे अनुसार भवन ५ तलाको हुनेछ । 


इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार २ हजार ४६५ दशमलव ७३ बर्गफुट जमिनमा भवन निर्माण हुनेछ । भवनको जम्मा क्षेत्रफल १० हजार २१२ दशमलव १० वर्गफुट हुनेछ । 


भवनमा ६ जना क्षमताको लिफ्ट जडान हुनेछ । जमिन तलामा पार्किङ्का लागि पूर्वाधार तयार पारिनेछ । भवन पहुँचयुक्त हुनेछ । भवनको बाहिरपट्टि बगैचा हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD