७ बैशाख २०८१, शुक्रबार
Header

हराएको सम्पदा खोज्दै महानगर


प्रकाशित: आईतबार, १९ साउन २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका हराएको सम्पदा खोजी गर्ने अभियानमा लागेको छ । 


महानगरको संस्कृति तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले हराएका सम्पदा खोजी गरिने र  हराउने चरणमा पुगेकोको अभिलेख उतारेर पुनस्र्थापना गर्ने अभियानमा लागेको बताएका छन । 


उनले भने, ‘दुरुस्त अवस्थामा भएकालाई प्रचार प्रसार गरेर पर्यटन प्रवर्धन गर्छौ । सम्पदा, पर्यटन र स्थानीय जीविकोपार्जनलाई अन्तरसम्बन्धित बनाएर समृद्धितिर लाग्ने हाम्रो योजना हो ।’


चालु आर्थिक बर्षलाई काठमाडौं महानगरपालिकाले ‘सम्पदा संरक्षण तथा सम्बर्धन पर्यटन प्रवर्धनका लागि पूर्वाधार’ बर्षका रुपमा लिएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर स्थानीय मूर्त अमूर्त कला, संस्कार संस्कृति र परम्परा, भाषा कला र साहित्यको खोजी गर्ने, जोगाउने काममा लाग्न यो अभियान शुरु गरिएको हो । 


संयोजक महर्जनका अनुसार महानगरको बार्षिक नीतिमा महानगरवासीको आवश्यकता र चाहनालाई आत्मसात गर्दै हरेक बर्ष विकासका नयाँ अभियान सञ्चालनमा ल्याईनेछ । 


महानगरले सञ्चालन गरिने आयोजनाहरुमा बालाज बाईसधारा उद्यानलाई सांस्कृतिक तथा धार्मिक पार्कका रुपमा स्तरोन्नति गर्ने, महानगर क्षेत्र भइ बग्ने नदी सम्पदाको सुदृढीकरण गर्नेलगायत छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD