३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

हराएका कृष्णकुमार मानन्धर चितवनमा मृत फेला


प्रकाशित: सोमबार, १४ पुष २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । केही दिनयता हराई रहेका कृष्णकुमार मानन्धरलाई प्रहरीले चितवनमा मृत फेला पारेका छन । 


प्रहरीले मानन्धरलाई रत्ननगर नगरपालिकाको वडा नम्बर ९ मा रहेको एक इनारमा फेला परेका हुन । 


काभ्रे घर भएका मानन्धर चितवनको रत्ननगरमा जेसिसको महाधिवेशनमा सहभागी हुन आएपनि पुष ११ गते देखि हराई रहेका थिए ।


प्रहरीका अनुसार नेपाल जेसिसको ४६ औं महाधिवेशनमा उनी सहभागी हुन आएका थिए ।  प्रहरीले उनको शव आईतबार फेला पारेको थियो । मानन्धर काभ्रे जेसिजका कार्यकारिणी उपाध्यक्ष थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राखिएको बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex