२७ बैशाख २०८१, बिहिबार
Header

हमासले दोस्रो दिन १७ बन्धकलाई गरे रिहा, विपिन जोशी कहिले ?


प्रकाशित: आइतवार, १० मंसिर २०८०, १०ः५० बजे
- महानगरखबर

काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासले गाजाबाट १७ जना बन्धकलाई रिहा गरेका छन ।


गजामा युद्धविराम भएको दोस्रो दिन शनिवार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो । बदलामा इसराइलले ३९ प्यालेस्टिनियन नागरिकलाई कैदमुक्त गरेको छ ।


सिएनएनका अनुसार इसराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ । युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो । 


इसराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो । उक्त सहमतिलाई इसराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो ।

 
दोस्रो दिनको हमासको बन्धकबाट पनि नेपालका विपिन जोशीलाई छाडिएको छैन । 


नेपाल सरकारले कञ्जनपुरका जोशीको रिहाईको लागि कुुटनीतिक पहल भने जारी राखेका छन तर उनी छुट्ने वा नछुट्ने भन्ने विषयमा नयाँ खबर नआएको अधिकारीहरुको भनाई छ ।


हमासको आक्रमणमा इसराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD