८ बैशाख २०८१, शनिबार
Header

हनुमानढोका दरवार परिसरमा पार्किङ र फुटपाथ निषेध


प्रकाशित: बुधवार, ५ फागुन २०७७, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत हनुमानढोका दरबार परिसरमा अनावश्यक पार्किङ र फुटपाथ पसलहरुलाई निषेध गरिएको छ ।


हनुमानढोका दरवार संरक्षण कार्यक्रमको संयोजनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी पर्यटन, सेना, पुरातत्त्व विभाग, सम्पदा अभियन्ता र स्थानीयको सहकार्यमा यस्तो निर्णय गरिएको हो । 


यस अघि पटक –पटक यस किसिमको अभियान चलाईएपनि प्रभावहिन हुँदै आएको यो पटक भने कडा रुपमा निर्णय लागु गर्ने दरवार संरक्षण कार्यक्रमले जनाएको छ ।

 
फुटपाथ व्यापारले र जथाभावी सवारीसाधन पार्किङले दरबार क्षेत्र अस्तव्यस्त तथा फोहर हुन थालेपछि दरवार संरक्षण कार्यक्रमले यस अभियानलाई तिव्रता दिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD