१५ बैशाख २०८१, शनिबार
Header

हनुमानढोका क्षेत्रमा चलचित्र, विज्ञापन सुटिङ शुल्क रु २० देखि ६० हजारसम्म लाग्ने


प्रकाशित: मंगलवार, २ साउन २०८०, १७ः४० बजे
- महानगरखबर

काठमाडौं । विश्व सम्पदा क्षेत्र बसन्तपुर हनुमानढोका क्षेत्रमा कुनै पनि चलचित्र, विज्ञापन लगायतको सुटिङको शुल्क निर्धारण गरिएको छ ।


काठमाडौं महानगरको राजस्व विभागले सो क्षेत्रमा स्वदेशी ठुलो पर्दाको चलचित्र सुटिङ प्रतिदिन २० हजार शुल्क लाग्ने भएको छ । 


यो सो चलचित्र नेपाल भाषामा बन्ने चलचित्र, छोटो चलचित्र, म्युजिक भिडियो, डकुमेन्ट्रीलाई लाग्ने करको १० प्रतिशत छुट दिने भएको छ । 


त्यसैगरी, छोटो चलिचत्र, म्युजिक भिडियो, डकुमेन्ट्री सुटिङका लागि प्रतिदिन रु १० हजार शुल्क तोकिएको छ । 


विदेशीको हकमा भने ठुलो पर्दाको चलचित्रको लागि रु ५५ हजार, छोटो चलचित्र, म्युजिक भिडियो तथा डकुमेन्ट्रको लागि रु २५ हजार र विज्ञापन भिडियो छायांकनको लागि ६० हजार शुल्क लाग्ने विभागले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD