काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्व सम्पदा क्षेत्र हनुमानढोका परिसरमा रहेका अनधिकृत पसल हटाउन माईकिङ सुरु गरेको छ ।
महानगरपालिकाले पुरातत्व विभागलाई पसलहरु हटाउ ताकेता गरेपनि आलटाल गरेपछि माईकिङ गरेको हो ।
महानगरपालिकाका नगर प्रहरी प्रमुख धनमपति सापकोटाले महागरपालिकाको आग्रहलाई पुरातत्व विभागले वे–वास्ता गरेपछि पसल व्यवसायीहरुलाई माईकिङ गरेर पसल हटाउन आग्रह गरेको जानकारी दिए ।
उनले भने, ‘वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन । हामीले उहाँहरुले आफै हटाउन मान्नु भएन भने हामी हाम्रो ढंगबाट अघि बढ्छौँ ।’
महानगर प्रमुख विद्यासुन्दर शाक्यको निर्देशन अनुसार आफूहरुले सम्पदा क्षेत्रका अनधिकृत व्यवसायहरुलाई हटाउन अभियान सुरु गरेको सापकोटाले बताए ।
सम्पदा क्षेत्रको मौलिकतालाई कायम राख्न स्थानीयवासीले पनि महानगरपालिकासँग पटक पटक गरेपछि स्थानीयको मागलाई पनि सम्बोधन गर्ने महागर अघि बढिरहेको सापकोटाको भनाई छ ।
Categorized in सम्पदा/संस्कृति