१५ बैशाख २०८१, शनिबार
Header

हनुमानढोका– स्वयम्भूु पदमार्ग निर्माण कार्य अघि बढाउनेः मन्त्री श्रेष्ठ


प्रकाशित: सोमवार, १३ असार २०७९, १२ः४० बजे
- महानगरखबर

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण लगतै हनुमानढोका– स्वयम्भू पदमार्ग निर्माण कार्य अघि बढाउने निर्णय गरेका छन । 


उनले यो वर्षको बजेटमा परेको हनुमानढोकादेखि स्वयम्भू सम्मको पदमार्गको निर्माणको काम अगाडि बढाउने निर्णय गरेका छन । 


त्यसैगरी कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्रमा परेको असरबारे बनेको अध्यन प्रतिवेदनलाई अघि बढाउन एक समिति गठन समेत गरेका छन । 


सोमवार मन्त्री श्रेष्ठले राष्ट्रपति निवास सितल निवासमा सपथ ग्रहण गरेका थिए । उनीसँगै सहरी विकासमन्त्री मेटमणी चौधरी, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापङु र स्वास्थ्य राज्यमन्त्री हिरा केसीले सपथ लिएसँगै कार्यभार सम्माहलेका छन ।


यस अघि प्रेम आले पर्यटनमन्त्री, किशनलाल श्रेष्ठ श्रम, रामकुमारी झाक्री सहरी विकास मन्त्री थिए । उनीहरुलाई एकिकृत समाजवादी पार्टीले फिर्ता बोलाएर नयाँ मन्त्रीहरु नियुक्त गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD