२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

हनुमानढोकामा यः सिं ठड्याएसँगै सुरु भयो यें याः (इन्द्रजात्रा)


प्रकाशित: शुक्रवार, १९ भाद्र २०८२, १६ः२० बजे
- महानगरखबर

काठमाडौं । राजधानी काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा बिहीबारदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। आठ दिनसम्म मनाइने यो जात्रा हनुमानढोकामा लिंगो (यःसिं) ठड्याएसँगै सुरु भएको हो।


प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रस्थित इन्द्र मन्दिरमा पूजाआजा गरी इन्द्रध्वजासहित लिंगो ठड्याइने प्रचलन छ । यस वर्ष बिहीबार बिहान शुुभसाइतमै लिंगो ठड्याइएको हो । 


भक्तपुरको चित्तपोलस्थित यः सिंगुँ (जंगल) बाट ल्याइने ३२ हात लम्बाइको लिंगो मानन्धर समुदायले परम्परागत बाजा, गुरुजुको पल्टन, मंगलधुन र तोप पड्काउँदै ठड्याउने प्रचलन रहेको छ ।

 


इन्द्रजात्रा नेपाल भाषामा ‘यें याः’ भनेर चिनिन्छ । ‘यें’ भन्नाले कान्तिपुर नगरलाई जनाउँछ भने ‘याः’ भनेको मुख्य जात्रा हो । 


यस पर्वमा इन्द्रसँग सम्बन्धित सबै देवीदेवतालाई सार्वजनिक प्रदर्शनमा ल्याउने प्रचलन छ ।


वर्षा र सहकालका देवता मानिने इन्द्रको सम्मानमा मनाइने यो जात्रा नेवार समुदायको साझा चाडका रूपमा लिइन्छ । हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले समान उत्साहका साथ सहभागिता जनाउने यो पर्वमा नाचगान, रथयात्रा र विभिन्न धार्मिक अनुष्ठानहरू आठ दिनसम्म निरन्तर हुनेछन ।


हेरौं इन्द्रजात्राको शुुभसाईतहरुः Click 

asteriskhubs
Home Page Bottom Second


maharjan complex