२५ बैशाख २०८१, मंगलबार
Header

हनुमानढोकामा यःसिं ठडयाएसँगै सुरु भयो येँया जात्रा (भिडियो)


प्रकाशित: मंगलवार, ९ असोज २०८०, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । भोटाहिटीबाट नगर प्रवेश गराएको यःसिं ठड्याएर इन्द्रध्वजोत्थान गरिएसँगै काठमाडौंको सांस्कृत जात्रा येँया (इन्द्रजात्रा) सुरु भएको छ । 


मंगलवार विहान १० बजेर ३७ मिनेटको शुभ साइतमा यःसिं उठाएको इन्द्रजात्रा व्यवस्थापन समितिले बताएको छ । 

 


आज काठमाडौंको भित्री सहरमा ‘उपाकु वनेगु’ भनेर वर्ष दिनभित्र मृत्यु भएका आफन्तका नाममा उनका परिवारजन नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो दियो बालेर राख्दै जान्छन । 


यसरी काँचो दियो बालेर राख्दै जाने पितृ मोक्षको लागि गरिने परम्परा रहेको छ ।

 


असोज ११ गते इन्द्रजात्राको मुख्य दिन मानिन्छ । यस दिन रथ मार्ग अन्तर्गत क्वने याः (तल्लो टोल)मा कुमारी रथ यात्रा गराईने छ । सो अन्तर्गत पर्ने रुटहरुमा हनुमानढोका दरवार परिसर– अटकोनारायण– चिकँमुुगल– माजिपात– जोशीदेगः– लगन–गोफल– ब्रम्हटोल–वन्डे– हुमत–क्वाहिटी– तब्वमार्ग– भिमसेनथान– मरुटोल– हनुमानढोका दरवार परिसर हुनेछ । 


त्यसैगरी, असोज १२ गते थने याः (माथिल्लो टोल) अन्गर्त हनुमानढोका दरवार परिसर– प्याफः– यतखा – नरदेवी– टेङग– न्हयोखा– थायमुदु– न्हैकन्तला– असँ(असन चोक)– बालकुमारी– केलटोल– वघः९इन्द्रचोक०– मखन– हनुमानढोका परिसरसम्म यात्रा हुनेछ । 


असोज १५ गते नानिचा याः रुट अन्तर्गत हनुमानढोका दरवार परिसर– प्याफः– यतखा – नरदेवी– किलाधः– भेडासिंह– केलटोल– वघः(इन्द्रचोक) मखन– हनुमानढोका परिसरसम्म यात्रा हुनेछ । 

 


असोज १५ गते सोमवार नानिचा यात्रा, सोही दिन राती ८ः१५ बजे इन्द्रध्वज पतन गरिने कार्यक्रम रहेको छ ।


तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगखबर

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD