८ बैशाख २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

हनुमानढोकामा भित्राइयो दशैंको फूलपाती (तस्वीरहरु)


प्रकाशित: विहिवार, २४ असोज २०८१, १८ः२० बजे
- महानगरखवर

काठमाडौं । हनुमानढोकमा गोरखाबाट ल्याएका दशैंको फूलपाती भित्राइएको छ ।


विहिवार परम्परागत बाजा, फूलपातीको डोलीको लावालस्कर सहित हर्षोउल्लासका साथ गोरखाबाट काठमाडौंको हनुमानढोका दरवारमा फूलपाती पठाइएको हो । 

 


गोरखा दरबारस्थित कालिका मन्दिरको दसैंघरबाट ल्याएको फूलपाती काठमाडौंस्थित हनुमानढोका दरबारमा फूलपाती ल्याएको हो । 


फूलपाती लिएर गोरखा दरबारका पूर्व कर्मचारी तथा ढुङ्गगाढे भगवतीका पुजारी लोकप्रसाद भट्टराई काठमाडौं आएका हुन ।  गोरखा दरबारको फूलपाती हनुमान ढोका पुगेपछि दसैंको रौनक बढ्ने र दसैं भित्रियो भन्ने प्रचलन छ । 

 


पृथ्वीनारायण शाहले काठमाडौंमा शासन गर्न थालेपछि गोरखा दरबारबाट फूलपाती लगेर भित्राउने प्रचलन सुरु भएको हो । 

 

 

 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex