काठमाडौं । आईतवार हनुमानढोकमा होलीको चीर ठड्याएपछि विधिवतरुमा आजबाट होली प्रारम्भ भएको छ ।
बिहान ८ बजेर २६ मिनेटको साईतमा तीन छत्रे होलीको चीर ठड्याइएपछि होली सुरुवात हुने मान्यता छ । यो बर्ष फाल्गुन महिनाको पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत १५ गते र तराई भेगमा चैत १६ गते मनाइँदैछ ।

वसन्तपुरमा चीर ठड्याउनु अघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिएर मयलको रूखको शिर चढाएर पशुपति नाथमा मयलको हाँगा चढाउने चलन छ ।
काठमाडौका धालसिक्व टोलका मानन्धरहरूले करिब ३० फिट अग्लो उक्त चीरलाई ठड्याउने परम्परा रहेको छ ।

होलीका राक्षसको दहन र कृष्णलिलासँग सम्बन्धीत होली पर्वको कथा रहेको छ । रंगीचंगी कपडाहरू बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखवर
Categorized in सम्पदा/संस्कृति