४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

हनुमन्ते खोलामा बालिकाको शव भेटियो


प्रकाशित: शनिवार, २६ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले मध्यपुर ठिमी नगरपालिका र भक्तपुर नगरपालिका जोड्ने हनुमन्ते पुलमुनि शनिवार अन्दाजी १० देखि १२ वर्ष उमेरकी एक बालिकाको शव भेटिएको जनाएको छ । 


महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार चिन्न नसक्ने अवस्थामा रहेको छ ।  


केही दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिने, अनुहार कुकुर र अन्य किराले खाएर चिन्नै नसक्ने अबस्थामा बालिकाको शव भेटिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । 


बालिकको शव खोलामा बगाएर ल्याएको हुनसक्ने आशङ्का व्यक्त गर्दै उनले बालिकाको हत्या वा अरू के हो भन्ने तत्कालै भन्न सक्ने अवस्थामा नभएको बताए । 


प्रहरीले घटनाको अनुसन्धान भएको र बालिकको शवपरीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex