१५ बैशाख २०८१, शनिबार
Header

हनुमन्ते करिडोर क्षेत्रका संरचना हटाउन थालियो


प्रकाशित: मंगलवार, ३ चैत्र २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौ । भक्तपुरमा शुरु भएको हनुमन्ते करिडोर निर्माणमा अवरोध पुगेका संरचना हटाउन थालिएको छ ।


अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिले शुरु गरेको हनुमन्ते करिडोर निर्माणको क्रममा मापदण्ड विपरित रहेका संरचनाहरु हटाउन थालिएको हो । 


समितिले भक्तपुरको सल्लाघारी पुलदेखि मनोहरा नदी दोभानसम्मको करिब ११ किमिमा करिडोर निर्माण गर्ने कार्य शुरु गरेपछि राधेराधे पुलदेखि नयाँ थिमि बालकोट पुलसम्म २.८ किमि करिडोर निर्माणमा आएका विभिन्न विवादलाई सुल्झाउदै बालकोटसम्मको निर्माण पुरा गरेको छ ।


यो बीचमा केही भागमा स्थायी तथा अस्थायी संरचना बनाएर हनुमन्ते करिडोर निर्माणमा बाधा पुगेका र करिडोरको मापदण्ड विपरित रहेका संरचना भने धमाधम भत्काएर निर्माण कार्य सम्पन्न गर्न लागेको समितिले जनाएको छ । 


हनुमन्ते करिडोर मापदण्डभित्र संरचना निर्माण गरेका साख मेटल एण्ड ऐलाईड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाललगायत भौतिक संरचनामा भत्काइएका समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले बताए । 


अध्यक्ष तिमिलिसनका अनुसार यी उद्योगलाई विगत दुई वर्षदेखि पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेको र करिडोर निर्माणमा नै बाधा पुग्ने भएपछि यहाँका संरचना डोजर लगाएर भत्काइएको हो । 


करिडोर निर्माणलागि कल्ष्टर बनाई प्रत्येक क्लष्टरको उपभोक्ता समिति गठन गरेर काम अघि बढाएको जनाइएको छ । 


विसं ०७५/७६ देखि राधेराधे पुलदेखि शुरु भएको यो आयोजनाको पहिलो चरणअन्तर्गत रु ६९ करोड ७० लाखको बजेटमा शुरु भएको करिडोर निर्माण हालसम्म ६८.६७ प्रतिशत भौतिक र ६०.६९ प्रतिशत वित्तीय प्रगति भएको समितिले जनाएको छ भने उक्त ठेक्काका लागि ०७६र७७ मा रु १४ करोड बजेट विनियोजन भएको थियो ।


यस्तै, दोस्रो चरणमा रु ५६ करोड ६० लाख ठेक्कासहित ०७५ असोजदेखि शुरु गरेको कामको हालसम्मको भौतिक प्रगति २९.६८ र वित्तीय प्रगति २४।२ प्रतिशत रहेको समितिले जनाएको छ । 


यसका लागि ०७६र७७ मा रु २० करोड बजेट विनियोेजन भएको थियो । तेस्रो चरणमा रहेको ठेक्काको भौतिक प्रगति २५.९१ र वित्तीय प्रगति २०.१२ प्रतिशत भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD