काठमाडौं । बलात्कार मुद्दाका आरोपी दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।
दमाई कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका थिए ।
बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत ल्याइएको बेला प्रंहरीको आखा छली उनी भागेका थिए ।
उनलाई प्रहरीले धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दमाईको खुट्टामा गोली लागेको छ । हाल उनको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ ।
Categorized in समाज