काठमाडौं । हतियार देखाई महत्तोरीको गौशला नगरपालिकाबाट मंगलबार ५ लाख नगद लुटेको छ ।
मोटरसाईकलमा आएका २ व्यक्तिले गौशला–५ स्थित एक नदि छेउमा धान व्यापारी विनोद चौधरीबाट सो रकम लुटेको प्रहरीले जनाएको छ ।
चौधरीलाई गौशालातर्फ आइरहेकाबेला गौशाला–५ स्थित मरहा नदीमा मोटरसाइकलमा आएको समूहले हतियार देखाएर लुटपाट गरेको हो ।
इलाका प्रहरी कार्यालय गौशालाका अनुसार गौशाला नगरपालिकास्थित एक राइस मिलबाट रकम लिएर आइरहेका व्यापारी चौधरीको साथाबाट उक्त रकम लुटिएको हो ।
घटनामा संलग्नको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।
Categorized in समाज