७ जेठ २०८१, सोमबार
Header

हड्तालमा सामेल भएको आरोपमा ५ हजार मजदुरको जागिर गुम्यो


प्रकाशित: बुधवार, १६ माघ २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । ज्यालामा बृद्धिको माग राख्दै बंगलादेशमा जारी मजदुर आन्दोलनमा सहभागी भएको ५ हजार मजदुरको जागिर गुमेको अधिकारीहरुले जनाएको छ । 


जनवरीमा उचित ज्यालादर कायम गर्न माग गर्दै आन्दोलनमा सहभागी भएका कारण उनीहरूको रोजगारी गुमेको हो । 


केही दिनदेखि जारी हडतालमा देशभरबाट हजारौँको सङ्ख्यामा मजदुर सहभागी भएपछि आन्दोलनले ठुलो रुप लिँदा झडप, तोडफोड, मानविय क्षति भएको थियो । 


बंगलादेशी प्रहरीका अनुसार बङ्गलादेशको असुलियामा कपडा सिलाईसम्बन्धी कम्पनीहरू एच एण्ड एम, वालमर्टलगायतका कम्पनीविरुद्ध भएका प्रदर्शनका क्रममा भएका झडपमा एक जनाको मृत्यु भएको छ भने कयौ घाईते समेत भएका छन । 


प्रदर्शन क्रममा क्रममा हजारौँ कामदारले उद्योग तथा तीसँग सम्वद्ध संस्थाबाट सामानहरू लुटेको र तोडफोड गरेको बंगलादेशी उद्योगीहरुको ओराप रहेको र सोही कारण मजदुरहरुलाई कामबाट निकालेको बताएको छ । 


बङ्गलादेशमा करिब चार हजार ५०० कपडा सिलाउने फ्याक्ट्री रहेका छन जहाँ करिक ४१ लाख कामदारले रोजगारी पाइरहेका छन । बङ्गलादेश विश्वभर तयारी कपडा निर्यातका लागि चीनपछि पहिलो स्थानमा आउँछ । 


बङ्गलादेशले सामानको नियातबाट गर्ने आम्दानीमा करिब ८० प्रतिशत हिस्सा समुद्रपारको कपडा व्यापारबाट नै हुने गर्छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD