७ बैशाख २०८१, शुक्रबार
Header

हङकङमा सुपुर्दगी विधेयकविरुद्ध हिसांत्मक प्रदर्शन 


प्रकाशित: विहिवार, ३० जेठ २०७६, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । चीन शासित हङकङमा सुपुर्दगी विधेयकविरुद्ध हिंसात्मक प्रदर्शन भएको छ । 


बुधबार भएको सो हिंसात्मक प्रदर्शनका कारण सरकारी कार्यलयहरु बन्द भएका छन भने विहिवार सडक सुनसान देखिएको बीबीसीले जनाएको छ । 


प्रदर्शनकारीहरुको कारण हङकङको सरकारी हेर्डक्वार्टर वरपरका कार्यालयहरु बन्द गरिएको अधिकारीहरुले बताएका छन । 


चीनतर्फ सुपुर्दगी प्रक्रिया अघि बढाउन हङकङको विधायिका परिषद्ले विधेयक ल्याएपछि केही दिनदेखि हङकङमा आान्दोलन जारी छ  । 


विधेयक त्रुटिपूर्ण रहेकाले त्यो फिर्ता हुनुपर्ने माग राखेपछि सरकारी पक्षको वे–वास्ता भएपछि आन्दोलनले हिंसात्मक रुप लिएको हो । 


प्रदर्शनलाई हङकङको दशकयताकै ठूलो भएका बीबीसीले बताएको छ । 


प्रदर्शनकारीहरुमाथि प्रहरीले टायर ग्यास र रवरको गोली चलाउँदा २२ जना घाईते भएको अधिकारीहरुले बीबीसी सेवालाई जानकारी दिएको समाचार छ ।  


विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकप्रति जनआक्रोश चर्को भएपछि विधेयकबारेको छलफल पछि गर्ने भन्दै स्थगन गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD