काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वमेयर प्रेमलाल सिंह (पिएल) को सालिक निर्माण गर्ने घोषणा गरेका छन ।
आइतवार महानगरको १६ अधिवेशनमा प्रमुख बालेन्द्र शाह(बालेन)ले पूर्वमेयर सिंहको पूर्णकदको सालिक राष्ट्रिय सभा गृह परिसरमा निर्माण हुने घोषणा गरेका हुन ।
स्व. पिएल सिंहको सम्झनामा काठमाडौं महानगरपालिकाले आफ्नो संरक्षणमा रहेको राष्ट्रिय सभा गृह परिसरमा पूर्णकदको सालिक निर्माण गर्ने घोषणा प्रमुख बालेन शाहले उक्त नगरसभामार्फत घोषणा गरे ।
नगरसभाको अन्त्यमा पिएल सिंहको सम्झनामा एक मिनेट मौन धारणा समेत गरिएको थियो ।
सभामा पिएल सिंहको नाममा मौन धारण नगरेकोमा काठमाडौं १२ वडाका सदस्य पुुष्परत्न प्रजापतिले दुःख व्यक्त गरेका थिए ।
पिएल सिंहको ८८ वर्ष उमेरमा पुस १ गते चाक्सीबारीमा निधन भएको थियो ।
सिंह प्रजातन्त्र पुनस्र्थापनालगत्तै २०४९ सालमा भएको स्थानीय निकाय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए ।
Categorized in समाज