१६ बैशाख २०८१, आइतबार
Header

स्व. पत्रकार सत्यनारायणबहादुरको स्मृतिमा मिडिया फुटसल


प्रकाशित: आइतवार, ८ पुस २०८०, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दबू (एनएफएनजे)ले नेपालको पत्रकारिता क्षेत्रका अग्रज सत्यनाराणबहादुर श्रेष्ठको स्मृतिमा मिडिया फुटसल गर्ने भएको छ ।


सोमवार (पुस १०) ललितपर मानभवनस्थित आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयको फट्सल मैदानमा सो प्रतियोगिता हुने दबूले जनाएको छ । 


प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबू, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), कलाकार, एनएफएनजे काठमाडौँ, एनएफएनज ललितपुर र एनएफएनज चितवनको सहभागिता रहने छ । प्रतियोगिताको दौरान महिला पत्रकार र कालकार बीच मैत्री खेल पनि हुनेछ ।  


नेवाः पत्रकार राष्ट्रिय दबुले शिक्षाविद् तथा पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभियान चलाउँदै आएको छ ।


दबूले यसपटक श्रेष्ठको १०८ औँ जन्मोत्सव मनाउने क्रममा फुटसलको आयोजना गर्न लागेको हो । 


श्रेष्ठको १०८ औँ जन्मोत्सवको प्रमुख कार्यक्रम भने पुस १३ गरिने नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।


दबूका अध्यक्ष श्रेष्ठका अनुसार २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नो अध्यक्षतामा पहिलो पटक नेपाल पत्रकार संघको गठन गरेको हो । 


तर २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाल कंग्रेसका पूर्व सभापति वृmष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएपछि दबूले सत्यनारायणनै संस्थापक अध्यक्ष भएको दावी गर्दै आएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD