१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

स्वास्थ्य सेवा परिषद डल्लुलाई ६ लाख रुपैयाँ महानगरको सहयोग


प्रकाशित: शनिवार, ३० साउन २०७८, १४ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौ महानगरले स्वास्थ्य सेवा परिषद डल्लुलाई ६ लाख रुपैयाँ प्रदान गरेको छ । 


सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तथा लक्षित समूहका व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउन सो सहयोग प्रदान गरेको हो । 


महानगरका प्रमुख विद्यासुन्दर शाक्यले परिषदमा पुगेर उक्त रकमको चेक परिषदका अध्यक्ष हरिगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेको थियो । परिषदले सञ्चालन गरेको अस्पतालमा ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ ।


सो अवसरमा  प्रमुख शाक्यले राजधानी सहर काठमाडौँ महानगरले आफ्ना नागरिकसँगै देशभरिबाट उपचारका लागि काठमाडौँ आउने विरामीको सहजता र सहुलियत खर्चका लागि लगानी गरिरहेको बताए ।


‘हामीले सरकारी र सामुदायिक अस्पतालको क्षमता विकास गर्न सघाएका छौँ । संघ सरकारले गर्ने काम महानगरले किन भन्ने प्रश्नलाई स्वीकार गर्दै नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार जोगाउन लगानी बढाएका हौँ ।’ शाक्यले भने । 


त्यस क्रममा महानगरपालिकाका प्रवक्ता एवम वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले, परिषदबाट प्रदान गरिने स्वास्थ्य सेवा करदाता र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकका लागि निःशुल्क र अन्यका लागि सहुलियत शुल्कमा प्रदान गर्ने योजनाअनुरुप काम भइरहेको जानकारी दिए । 


डंगोलले वडास्तरीय सेवाका विषयमा कुरा गर्दै आफूहरुले विगत ४ बर्षमा अनुभूति योग्य काम गर्ने प्रयास गरेको बताए । 


परिषदको क ब्लक महानगरले गरेको सहयोगको आडमा निर्माण भएको छ । अहिले दोस्रो ब्लक बन्दैछ । यो महानगरले नै बनाइदिएको हो । कार्यक्रममा परिषद्का अध्यक्ष श्रेष्ठले समुदायस्तरीय स्वास्थ्य सेवाका लागि महानगरको लगानी अभिभावकीय भूमिकाको उदाहरण भएको उल्लेख गरे । 


कार्यक्रममा परिषदका महासचिव मुकुन्दप्रसाद पाण्डेय र सचिव प्रकाश श्रेष्ठले सामुदायिक विकासप्रति सरकारको भूमिकाका विषयमा चर्चा गर्नुभएको थियो ।


परिषदले २ रोपनी ९ आना १ पैसा जग्गामा भौतिक संरचना बनाएर निःशुल्क र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex