१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्ने महानगरको निर्णय


प्रकाशित: सोमवार, १२ माघ २०७७, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको शिक्षा समितिले स्वास्थय मामदण्ड पालना गरेर विद्यालय खोल्ने निर्णय गरेको छ । 


आईतवार समितिका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो । 


शिक्षा र स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालन व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने बैठकले निर्णय गरेको छ ।


प्रमुख शाक्यले स्वास्थ्य सुरक्षा मापदण्ड’ विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरिएको समितिका अध्यक्ष एवं मेयर शाक्यले जानकारी दिए । 


कोभिड– १९ को कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका — २०७७’ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको छ । 


कोरोना महामारीको विच विद्यालय बन्द भएकोले विद्यालयले लिने शुल्कको विषयमा महानगर प्रवक्ता एंव काठमाडौं १५ वडा अध्यक्ष ईश्वरमान डंगोलको संयोजक्त्वमा एक अध्यन समिति समेत गठन भएको छ । 


समितिमा वडा ५ का अध्यक्ष रमेश डंगोल र कार्यपालिका सदस्य रश्मि खड्का सदस्य रहेका छन । त्यसैगरी समितिका अन्य सदस्यमा प्याब्सन काठमाडौंका प्रतिनिधि मुरारीप्रकाश सञ्जेल, गुठीरधार्मिक र सहकारी विद्यालयकातर्फबाट रुपक राजवंशी, अभिभावक प्रतिनिधि होमनारायण शर्मा, सामुदायिक विद्यालयकातर्फबाट राजेश्वरमान श्रेष्ठ छन भने समितिको सदस्य सचिवका रुपमा शिक्षा अधिकृत मोती खनाल तोकिएको छ ।


समितिले ३ दिनमा प्रतिवेदन दिएपछि शुल्कको विषयमा निर्णय लिने प्रमुख शाक्यले जानकारी दिए । साथै बैठकले गएको बर्ष बैशाख र जेठ महिनामा सबै विद्यालयले शुल्क मिनाहा गर्नुपर्निे निर्णय समेत गरेको छ । 


बैठकले वडा १२ व्रह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालय र वडा ३ महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयलाई कम्प्युटर इञ्जिनियरिङ् र वडा ११ को विश्व निकेतन मा. वि. लाई इलेक्ट्रिकल इञ्जिनियरिङ् प्राविधिक विषय अध्यापनको अनुमति दिएको छ । यो कक्षा ९ — १२ को कार्यक्रम हो ।


अनुमति दिएका विद्यालयहरुलाई महानगरले जनही ५० लाख रुपैयाँ अनुदान दिएर पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनमा सहयोग गर्नेछ ।


बैठकले नेपाल भाषाका पाठ््यपुस्तक छपाइ गर्न प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्ने निर्णय गरेको छ । त्यसैगरी वडा २६ सामाखुशीमा भएको हार्मोनी मन्टेश्वरी इलिमेन्ट्री स्कूललाई वडा ६ मा स्थानान्तरण गर्न अनुमति दिने निर्णय गरेको छ ।


 वडा १५ स्वयम्भूमा रहेको सुप्रिम एजुकेसन फाउन्डेसन प्रा. लि.को नाम परिवर्तन गरेर सुप्रिम शिवबाबा स्कूल कायम गर्ने र ८ जनाको स्वामित्वबाट २ जनामा स्वामित्व सार्न अनुमति दिने निर्णय भयो । 


वडा ७ चावहिलमा २०७६ सालदेखि कक्षा ११ को अध्ययन थालेको इलिक्जीयर एकेडेमीलाई कक्षा १२ अध्ययन अनुमति दिने बैठकले निर्णय गरेको छ ।


बैठकमा डेपुटी मेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित समितिका सदस्यहरु सहभागी थिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex