७ बैशाख २०८१, शुक्रबार
Header

स्वास्थ्य मापदण्डसहित जनवहाः द्यः (सेतो मच्छिन्द्रनाथ) को रथ तानियो (फोटो फिचर)


प्रकाशित: मंगलवार, ७ बैशाख २०७८, २०ः०० बजे
- अजय खड्गी

काठमाडौं । स्वास्थ्य मापदण्डको पालना गर्दै मंगलवार जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ)को जात्रा सुरु गरिएको छ । 


जमलको तीनधारा पाठशालाबाट असनमा जनबहाःद्य को विराजमान गराईएको छ । बर्षा र सहकालको देवताको रुपमा पुजिने मच्छिन्द्रको रथ जमलबाट ५ बजे तानिएको थिए ।  

 


जात्रामा सहभागी हुने सबैलाई अनिवार्य मास्कको व्यवस्था गरिएको थियो भने जात्रामा डिस्ईन्फेसन टोली पनि व्यवस्था गरिएको थियो । उनीहरुले बेला– बेलामा सो छर्ने गरिएको थियो । 

 


जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको हो ।


स्वास्थ्य मापदण्ड पालना गर्न रथ तान्न अघिनै बाजा टोली अघि बढाउने जसको कारण भीडभाड नबढ्ने हुँदा सुरक्षित ढंगबाट रथ तान्न सकिने सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका सचिव सुजिब बज्राचार्यले बताए । 

 


रथा एकदिन तानेकाहरुले अर्को दिन अर्को दिन नतान्ने व्यवस्था समितिले मिलाएको मिलाइएको छ । यसका लागि तीन रङको ज्याकेटको व्यवस्था गरिएको छ । जसले कोरोना सर्नबाट बच्न सकिने आशा गरिएको छ । कोरोना महामारीबाट बच्दै सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको हो ।

 


असनमा विराजमान गराएको सेता मच्छिन्द्रनाथलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राती ९ बजे दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ । 

 


रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरव अघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ ।

 

 

 

तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD