काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन ।
प्रधानमन्त्री दाहाललाई सम्बोधन गर्दै उनले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गरेका छन ।
दुई महिना अघि यादव दाहाल नेतृत्व सरकारमा सहभागी भएका थिए ।
त्यसैगरी, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन ।
यस अघि उपेन्द्र यादव नेतृत्व जसपा नेपाल टुक्रिएसँगै पार्टीभित्र स्थिरता देखिएको छ ।
जसपा नेपाल विभाजनसँगै बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने अहिले प्रचण्ड सरकारमै छ ।
Categorized in राष्ट्रिय