१४ बैशाख २०८१, शुक्रबार
Header

स्वास्थ्य मन्त्रालयले भन्यो– विदेश भ्रमण नजानु


प्रकाशित: बुधवार, १५ मंसिर २०७८, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ । 


बुधवार मन्त्रालयले एक विज्ञप्ती जारी गरी कोभिड–१९ को ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर राख्दै विदेश भ्रमण नगर्न भनेको हो । 


मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘ कोभिड – १९ ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ ।’


हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको डा. अधिकारीले जारी विज्ञप्तीमा बताएका छन । यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको पनि उनले बताए ।

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD