१३ बैशाख २०८१, बिहिबार
Header

स्वास्थ्य मन्त्रालयले भन्यो–‘मास्क लगाउनु’


प्रकाशित: शुक्रवार, ८ पुस २०७९, १४ः०० बजे    
- महानगरखवर

काठमाडौं । विश्व्यापी महामारी कोरोनाको जोखिम फेरि पनि बढ्ने संभावना देखिएको छ ।


छिमेकी मुलुक चाईनालागाय विश्वका थुप्रै देशमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले सतर्कता अपनाउन आग्रह गरेको छ ।


मन्त्रालयले विहिवार एक विज्ञप्ती जारी गरी सबैले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी दिन हुन भनेको छ । 


‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा  दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।


मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको बताएको छ । 


छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD