काठमाडौं । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलले तयार पारेको प्रतिवेदन वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई बुझाइएको छ ।
स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा कार्यदलले तयार पारेको प्रतिवेदन मन्त्री प्रदीप पौडेललाई हस्तान्तरण गरिएको हो ।
प्रतिवेदनमा तत्काल, अल्पकाल, मध्यकाल र दीर्घकालको कार्ययोजना अनुसार कार्यान्वयनमा लैजाने सकिने गरी सुझाव दिइएको छ ।
विभिन्न १३ वटा विषयमा केन्द्रित रहेर कार्ययोजनासहितका सुझाव दिएको प्रतिवेदनमा उल्लेख छ ।
कार्यदलले नीतिगत, कानुन, स्वास्थ्य बीमामा सहभागिताको संरचनात्मक ढाँचा, स्रोत व्यवस्थापन, सेवाको थैली र प्रिमियम निर्धारण, जोखिम व्यवस्थापन, संरचनागत सुधार, तीन तहका सरकारबीचको सहकार्य, सेवा सुधार, कार्यान्वयन तहमा सुधार, प्रिमियमका स्ल्याब, प्रिभेन्टिभ कार्य तथा सचेतना वृद्धि र सुशासन प्रवद्र्धनमा केन्द्रित सुझावहरु दिएको छ ।
अहिलेको वर्षलाई आधार वर्ष मान्दै २०९१ सालभित्र शतप्रतिशत नागरिकलाई बीमाको दायरामा ल्याउन १० वर्षे प्रस्तावित लक्ष्यसहितको सुझाव दिएको छ ।
3 January 2025, Friday
Categorized in स्वास्थ्य