२७ बैशाख २०८१, बिहिबार
Header

स्वास्थ्य बीमाको नाममा भ्रामक विज्ञापन गर्नेलाई कार्वाही गर्दै मन्त्रालय


प्रकाशित: शुक्रवार,७ बैशाख २०८१, १२ः२५ बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सामाजिक सञ्जालमा निःशुल्क बीमाको नाममा गरिएको भ्रामक प्रचार गर्नेलाई कार्वाही गर्ने जनाएको छ । 


मन्त्रालयले नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।


फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाएको छ ।


मन्त्रालयले त्यस्ता सूचना, विज्ञापनमा कुनै सत्यता नभएकाले विज्ञापनमा क्लिक नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।


यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD