१३ बैशाख २०८१, बिहिबार
Header

स्वास्थय मन्त्रालयद्धारा अस्पताल सेवा कार्यक्रम संचालन कार्यविधि जारी 


प्रकाशित: आईतवार, ९ फागुन २०७७, १०ः२५ बजे
- महानगरखवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी गरेको छ ।


जनस्वास्थ्य ऐनको दफा ३१ बमोजिम नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि सो कार्यविधि जारी गरेको हो । 


कार्यविधि अनुसार नियमित समयबाहेक अतिरिक्त समयमा सोही स्वास्थ्य संस्थाबाट निश्चित रकम तिरेर सेवा लिन सकिने उल्लेख गरिएको छ ।


चिकित्सकको परामर्श शुल्क स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसार हुने र अन्य सेवा शुल्कमा भने नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने कार्यविधिमा उल्लेख छ । यो शुल्क विस्तारित सेवामा मात्रै हो ।


विस्तारित समयमा काम गरेबापत आएको आम्दानीको २० प्रतिशत अस्पताल विकास समितिको खातामा जाने र बाँकी रहेको ८० प्रतिशतलाई १०० प्रतिशत मानी ९० प्रतिशत चिकित्सक नर्स तथा सेवामा खटिएका स्वास्थ्यकर्मीको अतिरिक्त आम्दानी मानिने उल्लेख छ ।


बाँकी १० प्रतिशत भने प्रशासनतर्फका कर्मचारीको अतिरिक्त आम्दानी स्वरुप बाँडिने कार्यविधिमा उल्लेख छ ।


विस्तारित कार्यक्रम संचालन गर्न अस्पताल प्रमुखको अध्यक्षतामा गठन हुने पाँच सदस्सीय समितिमा अस्पताल प्रशासन प्रमुख, लेखा प्रमुख, नर्सिङ प्रमुख र अस्पताल प्रमुखको सिफारिसमा एक जना स्वास्थ्यकर्मी सदस्य सचिव रहने उल्लेख छ ।


तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले वि.स. २०७१ सालमा विस्तारित स्वास्थ्य सेवा कार्यविधि बनाएर लागु गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD