काठमाडौं । आज देशभर स्वतन्त्र विद्यार्थी युनिययनको निर्वाचन विहानबाट सुरु भएको छ ।
विहान ८ बजेदेखि ४ बजेसम्म मतदानमा काठमाडौंका ७ आंगिक क्याम्पसहरुमा मतदान भईरहेको छ ।
काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा क्याम्पसमा निर्वाचन नुहने भएाके छ ।
त्यसैगरी नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा पनि निर्वाचन नहुने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र भने सत्ता गठबन्धन दलका भ्रातृ विद्यार्थी संगठनले गठबन्धन गरेर क्याम्पसहरू भागबन्डा गरी उम्मेदवार उठाएका छन ।
२०६५ देखि स्ववियु चुनाव हुन नसेको अवस्थामा यो निर्वाचन हुन लागेको हो ।
त्रिविका ६० आंगिक क्याम्पस र १ हजार ४० वटा सम्बन्धनप्राप्त क्याम्पस छन ।
तस्वीरः बिरेन्द्र शाक्य/महानगरखबर
Categorized in राष्ट्रिय